
कोशी प्रदेशको बजेट अधिवेशन जेठ १४ गते बोलाउन सिफारिस


कोशी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन जेठ १४ गते बाेलाउनका लागि लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १४ गतेबाट बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए।
सोमबार बसेको बैठकले प्रदेश निजामती सेवा ऐन (पहिलो संसोधन) अध्यादेश २०८० र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई प्रदेश सभामा पेस गर्ने निर्णय गरेको उनले बताए।
प्रतिक्रिया