रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइयो (तस्बिरहरू)
रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ लगनखेलबाट जावलाखेल तानिएको छ । आज (सोमबार) रथ लगनखेलबाट जावलाखेल तानिएको हो । आज दिउँसो ३ बजेर ४९ मिनेटमा रथ लगनखेलबाट जावलाखेल तानिएको हो ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । विद्या, धन सम्पती, शान्ति समृद्धि लगायत सबैकुरा मागे पनि मेरो रूपरङ्ग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरु बताउँछन् । रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो । मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ ।
मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुल्चोकमा रथारोहण गरी शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ । यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरुवात गराइएको किंवदन्ती छ ।
प्रतिक्रिया