खोटाङमा ट्र्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु

खोटाङमा ट्र्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका-१, बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो ।

विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को२त ४६७६ नम्बरको ट्र्याक्टरले किचिएर प्रधानाध्यापक राईको मृत्यु भएको हो ।

ट्र्याक्टर चढ्न खोज्दा उनी खसेका थिए । खसेपछि ट्र्याक्टरको पछाडिको पांग्राले किचिएर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए । प्रधानाध्यापक राईको मृत्युपछि प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *