भुटानी शरणार्थी प्रकरण : प्रहरीले आज बुझाएन अनुसन्धान प्रतिवेदन

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आइतबार सरकारी वकिल कार्यालयलाई बुझाएन।

प्राविधिक कुरा मिलाउन बाँकी रहेको कारण देखाउँदै प्रहरीले अनुसन्धान प्रतिवेदन आइतबार नबुझाएको हो।

शनिबार तयार प्रतिवेदन आइतबार बुझाउने तयारी थियो। तर, प्रकरणमा पक्राउ परेका १६ जना अभियुक्तविरुद्ध आइतबार नै थप तीन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति लिएको छ।

पक्राउ सबैको बयान लिने काम सकेर अनुसन्धान अधिकृतहरूले लेखिसकेका छन्।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित १६ जना प्रहरीको हिरासतमा छन्।

अनुसन्धानमा संलग्न एक जना अधिकृतका राज्यविरुद्धको अपराधसहित चार कसुरमा अभियुक्तहरूविरुद्ध सजाय गर्न मागदाबी लिनुपर्ने राय सरकारी वकिललाई दिन लागेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर