भारतीय पर्यटकलाई लुटेको आरोपमा दुई जना पक्राउ

भारतीय पर्यटकहरूलाई लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका-४, सिम्ले घर भई काठमाडौंको माछापोखरी बस्ने ३२ वर्षीय पदमबहादुर शाही र कैलालीको धनगढी उपमहानगरपालिका-३ घर भई बानेश्वर बस्ने पुरन भनिने ३३ वर्षीय ओमप्रकाश ऐरी छन्।

उनीहरूले गत जेठ ३ गते राति कोटेश्वरस्थित एक डान्सबारमा आएका भारतीय पर्यटकहरू जगदीशप्रसाद शर्मा, सन्तोषकुमार शर्मा र अञ्जनी पारिकलगायतलाई लुटेको आरोप छ।

डर-त्रास देखाई भारतीय पर्यटकहरूका साथमा भएको नगद लुटेको तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई डाँका-चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई जेठ ५ मा सिंहदरबार दक्षिणगेट अगाडिबाट पक्राउ गरेको हो।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद लिएर प्रहरी वृत बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर