
लुम्बिनी विकास कोषलाई सरकारले साेध्याे स्पष्टीकरण

सरकारले लुम्बिनी विकास कोषलाई स्पष्टीकरण साेधेकाे छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले १३ प्रश्नसहित कोषलाई स्पष्टीकरण साेधेका हुन्।
क्षेत्राधिकारभित्रका तोकिएका विभिन्न कार्यहरू सम्पादन गरेका वा गर्ने सन्दर्भमा कतिपय विषयहरू कोषको हितविपरीत हुने गरी र गैरकानूनी रूपमा भएको गुनासा आएपछि उनले राय प्रतिक्रियासहित बुँदागत रूपमा स्पष्ट हुने गरी १५ दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी यथार्थ विवरण मागेका हुन्।
हेर्नुहाेस् स्पष्टीकरण :
प्रतिक्रिया