संक्रमणकालीन न्यायसम्बन्धी विधेयक केही दिनभित्रै संसदबाट पारित हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित हुने बताएका छन्।

बेपत्ता योद्धा परिवार समाजले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सबै दलको सहमतिमा नै सो विधेयक संसदबाट पारित हुने दाबीसमेत गरे।

प्रधानमन्त्री दाहालले बेपत्ता योद्धाहरूको स्थिति सार्वजनिक गर्ने, उनीहरूलाई शहीदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूर्ति, परिपूरणसहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने बताए।

उनले शान्तिप्रक्रियाका बाँकी काम दुई वर्षभित्रै टुंगोमा पुर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गरे। प्रधानमन्त्री दाहालले जनयुद्ध र जनआन्दोलनका योद्धाहरूलाई शहीद घोषणा गर्ने, फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउने काम गरेकोमा आफूलाई गर्व लागेको बताए।

प्रधानमन्त्री दाहालले माओवादी लडाकुहरूलाई दुई लाख दिने निर्णय अदालतको स्टे अर्डरका कारण रोकिएको समेत स्पष्ट पारे। उनले आफूले कुरा थोरै र काम धेरै गर्ने गरेको पनि दाबी गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर