संघीय संसदको दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेबाट सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १ मिनेट जाँदा सुरु हुनेछ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिले जेठ ५ गते संयुक्त बैठकमा प्रस्तुत गरेकोसरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन गर्ने र छलफलमा भाग लिने कार्यसूची रहेको छ ।

साथै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्नेछन् । त्यस्तै राष्ट्रियसभाको बैठकमा पनि सरकारले जेठ ५ गते प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *