भ्रष्टाचारविरुद्ध रक्तदान (तस्बिरहरू)

काठमाडौंमा भ्रष्टाचारविरुद्ध रक्तदान कार्यक्रम आयोजना गरिएको छ । भ्रष्टाचारविरुद्ध युवा अभियानले शनिबार काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारको सांकेतिक विरोधस्वरूप रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

त्यसक्रममा उनीहरूले घरघरमा गएर भ्रष्टहरूलाई सडकमा ल्याउने चेतावनीसमेत दिएका छन् । भ्रष्टहरूकै कारण देश डुबेको उल्लेख गर्दै उनीहरूले भ्रष्टहरूलाई कारबाही गर्न घरघरमै गएर उनीहरूको विरुद्ध प्लेकार्डसहितको प्रर्दशन गर्ने योजनासमेत सार्वजनिक गरेका छन् ।

सरकार र राजनीतिक पार्टीहरूकै संलग्नतामा भ्रष्टाचार बढ्दै भन्दै उनीहरूले ‘भ्रष्टाचार बढ्यो दिनैदिन, जनताको टाउकोमा ऋणैऋण,’, ‘देश लुट्न पाइँदैन, भ्रष्टाचारी नेता चाहिँदैन’ लेखिएका प्लेकार्डहरू पनि प्रदर्शन गरेका थिए ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *