प्रधानसेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिताको दोस्रो संस्करण च्याम्पियन बन्यो त्रिभुवन आर्मी क्लब

प्रधानसेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिताको दोस्रो संस्करण च्याम्पियन त्रिभुवन आर्मी क्लब भएको छ ।

प्रधानसेनापति महारथी प्रभुराम शर्माले प्रतियोगिताको दोस्रो संस्करणमा च्याम्पियन हुने टिम त्रिभुवन आर्मी क्लबलाई ट्रफि तथा प्रमाण–पत्र प्रदान गरेका छन् ।

जङ्गी अड्‍डास्थित टेनिस कोर्टमा शुक्रवार आयोजित समापन समारोहमा प्रधानसेनापतिले पुरुष एकल खुल्ला प्रतियोगिताका विजेता कास्की जिल्ला टेनिस संघका अभिषेक बास्तोला र महिला एकलतर्फ विजयी हुने सुनिरा थापा लगायतलाई पुरस्कृत गरे ।

२८ वैशाखबाट शुरु भएको प्रतियोगिता जङ्गी अड्‍डास्थित टेनिस कोर्ट तथा दशरथ रंगशालास्थित टेनिस कोर्टमा संचालन भएको थियो । प्रतियोगितामा नेपाल टेनिस संघ, विभिन्न जिल्लाका टेनिस संघहरु तथा क्लबहरुका साथै अन्तर सरकारी निकायका गरी जम्मा २०९ जना खेलाडीहरुले विभिन्न विधामा प्रतिष्पर्धा गरेका थिए ।

२०६८ सालबाट मकवानपुर टेनिस संघको प्राविधिक सहयोग र नेपाली सेनाको आयोजनामा हेटौंडामा संचालन हुँदै आइरहेको सामरी स्ल्याम टेनिस प्रतियोगिता कोभिड–१९ महामारी लगायतका कारण निरन्तरता पाउन सकेको थिएन । टेनिस खेलको विकासमा योगदान पुर्‍याउने समेत उद्देश्यले वि।सं। २०७८ देखि प्रधान सेनापति खुल्ला टेनिस प्रतियोगिता संचालन गरिएको हो ।

समापन समारोहमा अवकाशप्राप्त प्रधानसेनापतिहरु, रथीवृन्द, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष श्रीमति ज्योती राणा, नेपाल ओलम्पिक कमिटीका महासचिव मिलेन्द्रराज श्रेष्ठ, नेपाल टेनिस संघ र विभिन्न टेनिस क्लबहरुका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, सञ्‍चारकर्मीहरु तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर