
भुटानी शरणार्थी प्रकरण
भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न अदालतकाे अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता टेकनाथ रिजाललाई दुई दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
आज मात्रै पक्राउ परेका रिजाललाई लगत्तै अदालतमा पेश गरिएको थियो। उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
यही प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई मुछेपछि उनी समातिएका हुन्। राईले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका छन्।
यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित हालस्म १६ जना पक्राउ परिसकेका छन्। आज मात्रै हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया