गलत तथ्यांकमा आधारित भएर बजेट ल्याउन हुँदैन : पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट गलत तथ्यांकमा आधारित भएर नल्याउन आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो बताएका हुन्।

उनले सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर राख्दा अर्थतन्त्रमा देखिएको अवस्थाको मूल्यांकन गरेर बजेट ल्याउनुपर्ने बताए। उनले चालु आर्थिक वर्षको अन्त्यसम्म २.२ प्रतिशतको आर्थिक वृद्धिदर हुन नसक्ने अवस्था देखिएको बताए।

उनले सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरमा ४ प्रतिशत कायम हुने अनुमान भए पनि २ प्रतिशतभन्दा तल झर्न सक्ने अवस्था देखिएको उल्लेख गरे। उनले अबको तीन महिनामा १ प्रतिशत पनि आर्थिक वृद्धि हुने अवस्था नभएको बताए।

उनले चालु आर्थिक वर्षको दुई त्रैमासिकमा आर्थिक वृद्धिदर कम हुँदा आर्थिक मन्दी हुने तर २ प्रतिशत नेगेटिभमा गएको आर्थिक शिथिलता देखिएको बताए। उनले आर्थिक मन्दी भए पनि अर्थतन्त्रका सूचकहरू नेगेटिभ नभएको भन्दै अर्थतन्त्रमा मन्दी हो वा सानो धक्का मात्रै देखिएको भन्ने विषयमा बहस छलफल हुन जरुरी रहेको बताए।

उनले वर्तमान सरकारले आगामी बजेट आर्थिक वृद्धिदर २ प्रतिशत यति प्रतिशतले राजस्व आन्तरिक ऋण र त्यसैको आधारमा बजेट आकार बनाए अर्थतन्त्र थप बिग्रने बताए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *