ट्रली बस सञ्चालन गर्ने कुरा सरकारको प्राथमिकतामा छ : मन्त्री बस्नेत
४ जेठ २०८० १८:४९
ऊर्जा , जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनको विस्तार गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उनले ऊर्जामा सबैको सहभागिताको सुनिश्चितता र ऊर्जा सुरक्षाको सवाललाई सरकारले पहिलो प्राथमिकतामा राखेको उल्लेख गरे। उनले विद्युतीय सामग्रीहरूको प्रयोगले वातावरण स्वच्छ हुने बताए।
उनले विद्युतीय सवारी साधनको विस्तारका लागि चार्जिङ स्टेशन वृद्धि गर्न आवश्यक रहेको भन्दै सरकार चार्जिङ स्टेशन वृद्धि गर्ने कुरामा प्रतिबद्ध रहेको बताए।
मन्त्री बस्नेतले काठमाडौं उपत्यकालगायतका मुख्य शहरी क्षेत्रमा ट्रली बसको सम्भावनाको बारेमा सरकारले अध्ययन गरिरहेको र सञ्चालनमा ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको बताए।
प्रतिक्रिया