भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै एकीकृत समाजवादीको प्रदर्शन
४ जेठ २०८० १८:३४
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ।
बिहीबार काठमाडौंको माइतीघर मण्डलामा भेला भई पार्टीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडासहितका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया