
शरणार्थी प्रकरणमा कांग्रेस नेताहरूको नाम जोडिँदा पार्टीको गरिमामा आँच आयो : शेखर कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरूको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उनले नक्कली भुटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्न नहुने बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको बताए।
उनले कुनै बहानामा कसैले पनि गलत काम गरेको भए कारबाही हुनुपर्ने बताए। उनले देशको नागरिकलाई अनागरिक बनाई मानव बेचबिखन गरेर विदेश पठाइदिने काम लज्जाको विषय भएको बताए।
नेता कोइरालाले देशको अर्थतन्त्र दयनीय रहेको बताए। उनले मिश्रित निर्वाचन प्रणालीले कसैको बहुमत नआउने भएकाले निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी रहेको बताए।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया