
कामिरिता शेर्पा २७ औं पटक सगरमाथा शिखरमा

कीर्तिमानी आरोही कामिरिता शेर्पाले २७ औं पटक सगरमाथाको आरोहण गरेका छन्।
सेभेन समिट ट्रेक्सका अनुसार शेर्पा बुधबार बिहान साढे ८ बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्।
यसअघि २६ औं पटक सगरमाथा आरोहणको रेकर्ड बनाएका कामिरिताले आफ्नै रेकर्ड तोड्दै २७ औं पटक सगरमाथाको सफल आरोहण गरेका हुन्।
सोलुखुम्बुको थामे गाउँमा जन्मिएका ५३ वर्षीय शेर्पाले पहिलोप टक २४ वर्षको उमेरमा सगरामाथा आरोहण गरेका थिए।
कामिरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन्।
प्रतिक्रिया