तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पताललाई विश्वविद्यालय बनाउन विधेयक तर्जुमाका लागि स्वीकति प्रदान गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

गत माघमा तिलगंगा आँखा अस्पतालका निर्देशक डा. सन्दुक रुइत र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटवार्तामा प्रधानमन्त्रीले अस्पताललाई मानिक विश्वविद्यालय बनाउने बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर