
अर्थतन्त्रका सूचकहरू हेर्दा मुलुक अफ्ठ्यारो अवस्थामा छ : विष्णु पौडेल


नेकपा (एमाले) का सांसद विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका सूचकहरू हेर्दा अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन्।
उनले अर्थतन्त्रका समस्या र चुनौतीको बीचमा सरकार अगाडि बढ्ने विषयमा सबैलाई जानकारी दिनुपर्ने बताए। उनले मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्नका लागि सरकारले अर्थ समितिलाई साथ लिएर जान सक्नुपर्ने बताए।
उनले आगामी बजेटमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित आर्थिक सूचकहरू बारेमा अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बस्ने प्रबन्ध गर्नुपर्ने माग राखे।
- ‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादबारे सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’
- एमाले सांसदलाई ओलीको निर्देशन- विधेयक जसो पायो त्यसै पारित हुन नदिनुस्
- देउवाजीले सरकार ढल्दैन भनेपछि पुर्पुरोमा हात लगाएर खुई गर्दै बसेका छन् : प्रधानमन्त्री ओली
- बौद्धिक सम्पतीसम्बन्धी नयाँ कानुन निर्माणको तयारीमा छौँ : उद्योगमन्त्री
प्रतिक्रिया