राहदानी विभाग, यातायात कार्यालय र मालपोत कार्यालयलाई व्यवस्थित गरौं: सांसद पाण्डे
२ जेठ २०८० १५:४९
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले राहदानी विभाग, यातायात कार्यालय लगायत ड्राइभिङ लाइसेन्स लिने ठाउँ, मालपोत कार्यालयलाई व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन्।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।
उनले यी क्षेत्रहरूमा समयमै ध्यान नपुर्याए कुनै पनि बेला दुर्घटना हुन सक्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले सुशासनको विषयलाई विशेष ध्यान दिन जरुरी रहेको बताए।
सांसद पाण्डेले संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन गराउने किसिमबाट दिनुपर्नेमा जोड दिए।
प्रतिक्रिया