समितिलाई व्यवस्थित बनाएर लैजाऔं : सांसद पाण्डे

नेकपा (माओवादी केन्द्र) का सांसद हितराज पाण्डेले समितिलाई सुरुवातदेखि नै व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन्।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। उनले समितिले नतिजा दिने गरी काम गर्न आवश्यक रहेको उल्लेख गरे।

उनले समितिका अनौपचारिक विषयहरूमा संवेदनशीलताको ख्याल गर्न पनि आग्रह गरे। औपचारिक विषयहरूलाई पनि व्यवस्थित बनाउन जरुरी रहेको उनले बताए।

सांसद पाण्डेले समितिको आचारसंहिता बनाउँदा वस्तुगत अवस्थालाई हेरेर कार्यान्वयन गर्ने हिसाबले बनाउन आवश्यक रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर