सभामुख हुँदा मलाई एमालेले बारम्बार सांघातिक हमलाको प्रयास गरेको थियो : अग्नि सापकोटा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले आफू सभामुख रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बारम्बार सांघातिक हमला गर्ने प्रयास गरेको आरोप लगाएका छन्।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले ७८ भदौ २ गते तत्कालीन प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सदन चलाउन चुनौती दिएको र त्यसपछिका दिनमा बारम्बार आक्रमणको प्रयास गरेको आरोप लगाए।

उनले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भई अर्को पार्टी खोलेकामाधव नेपालसहितका नेताहरूलाई कारबाहीको सूचना टाँस नगरेपछि आफूमाथि विपक्षी दल एमालेले विभिन्न स्थानमा सांघातिक हमला गर्ने प्रयास गरेको बताए।

उनले ‘मलाई जब त्यतिबेलाको विपक्षी दलको नेता केपी ओलीले ०७८ भाद्र २ गते हेरौं सभामुखले कसरी सदन चलाउँदो रहेछ भनेर च्यालेन्ज गरिसकेपछि मैले त्यो च्यालेन्जलाई स्वीकार गरेँ। त्यसलाई मैले गम्भीरतापूर्वक लिएँ। मैले १४ जना माधव कमरेडहरूको सूचना टाँस गरिनँ। त्यसपछि लगातार मेरोविरुद्ध आक्रमण गरे। सदनमा मात्रै होइन, सांघातिक हमला गर्ने दुष्प्रयास गरे। बुटवलमा आक्रमण गर्ने दुष्प्रयास गरे, धुलिखेल, सिन्धुपाल्चोकमा दुष्प्रयास गरे।’

उपाध्यक्ष सापकोटाले सबै राजनीतिक दलहरू एकताबद्ध भएर काम गर्ने हो भने कसैले पनि परास्त गर्न नसक्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर