
भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार होइन देशद्रोह हो : राजकिशोर यादव


जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार नभई देशद्रोह भएको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सो प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सम्बन्धित सबै पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्ने बताए।
सांसद यादवले यो प्रकरणले सिंगो राजनीतिक वृत्तमा नै अविश्वासको वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै त्यसलाई त्यही रूपमा लिई अनुसन्धानको प्रक्रिया अघि बढाउनुपर्ने बताए।
सांसद यादवले सो प्रकरणलाई निस्तेज पार्न ठूलो दलका नेताहरू सक्रिय भइरहेको आशंका पनि व्यक्त गरे।
प्रतिक्रिया