
भुटानी शरणार्थी प्रकरण
टोपबहादुर रायमाझी पक्राउ परेको संसदलाई जानकारी*

नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी पक्राउ परेकाे संसदलाई जानकारी गराइएकाे छ।
सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी पक्राउ परेकाे जानकारी गराएका हुन्।
नक्कली भुटानी शरणार्थी पक्ररणमा वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि फरार रहँदै आएका रायमाझी आइतबार राति काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका हुन्।
उनलाई म्याद थपका लागि सोमबार अदालत पेस गरिएकोमा अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
*असवाधानीवश रायमाझी पक्राउ परेको संसदलाई जानकारी हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याएका छाैं। -सम्पादक
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया