
भुटानी शरणार्थी प्रकरण
सरकारी वकिलको कार्यालयमा टोपबहादुर रायमाझीको मुस्कानसहितको अभिवादन

नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा लगिएको छ।
अनुसन्धानका लागि म्याद लिने तयारी गरेको प्रहरीले सोमबार दिउँसो उनलाई सरकारी वकिलको कार्यालय पुर्याएको हो।
हत्कडीबिना त्यहाँ लगिएका उनी प्रसन्न मुद्रामा देखिएका थिए। उनले समर्थकलाई मुस्कुराउँदै हात हल्लाएर अभिवादन गरेका थिए।
वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि फरार रहँदै आएका रायमाझी आइतबार राति काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका हुन्।
प्रतिक्रिया