रोल्पामा झरना हेर्न गएकी पर्यटकको डुबेर मृत्यु

रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएकी एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका-१८, पशुपति नगरकी २४ वर्षीया चन्द्रा सुनार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

श्रीमान र नाबालक छोरासँग सुनछहरी झरना हेर्न पुगेकी उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । चन्द्राका श्रीमान उमेश सुनार इलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन् ।

‘चन्द्राले सुनछहरी झरनाको पोखरीमा नुहाउछु भनेपछि श्रीमानले छोरा लिएर अलि पर गएर पर्खेर बसेका रहेछन्, सोही क्रममा मृत्यु भएको रहेछ,’ इलाका प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले भने ।

नुहाएर आउन अलि ढिला भएपछि हेर्न जाँदा पोखरीमा श्रीमतीलाई मृत अवस्थामा देखेपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल इलाका प्रहरी कार्यालय पोवाङवाट डेढ घण्टाको पैदल दूरीमा छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *