सिद्धान्त नमिल्ने पार्टीहरू मिलेर बारम्बार सरकार बनाउनु संस्थागत अपराध : नीलाम्बर आचार्य

पूर्वराजदूत नीलाम्बर आचार्यले सिद्धान्त नमिल्ने पार्टीहरू मिलेर बारम्बार सरकार बनाउनु संस्थागत अपराध भएको बताएका छन्।

आइतबार काठमाडौंमा टंकप्रसाद आचार्य प्रतिष्ठानले आयोजना गरेको नक्कली शरणार्थीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले सिद्धान्त नमिल्ने पार्टीहरूबीच एकता भ्रष्ट र अपराधकर्मीहरूले गराउने गरेको बताए। उनले जति पटक निर्वाचन भएर सरकार परिवर्तन भए पनि भ्रष्ट र अपराधकर्मीको संगठनको जालोले निरन्तरता पाइराखेको बताए।

उनले भुटानी शरणार्थी प्रकरणमा वर्तमान सरकारले सक्षमता प्रदर्शन गर्न आवश्यक रहेको बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरण एउटा घनीभूत संगठित अपराध भएको बताए।

उनले नक्कली शरणार्थी प्रकरण ठगी मात्रै नभएर मानव तस्करी र राज्यलाई खोक्रो पार्ने अपराध भएको टिप्पणी गरे। उनले अपराधमा संलग्न हुनेहरू धेरै शक्तिशालीहरू रहेको र उनीहरूलाई संरक्षण दिनेहरू महाशक्तिशालीहरू भएको बताए।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको शासन व्यवस्था कता गइरहेको छ भनेर देखाएको बताए। उनले शरणार्थी प्रकरणको घटनामा राजनीतिक प्रतिशोधको रूपमा नभएर पक्राउ पर्नेहरू अपराध गर्नेको रूपमा पक्राउ परेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *