
प्रहरीले भन्यो- बालकृष्ण खाणले कागज निलेको भनेर समाचार लेखाएका छैनाैं

प्रहरीले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले कागज चपाएर निलेको भनेर समाचार नलेखाएको स्पष्ट पारेको छ।
घटनाको अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खाणलाई पक्राउ गर्दा उनले प्रहरीको हातबाट खोसेर कागज चपाएर निलेको कुरा झुटो भएको बताएको हो।
कार्यालयका एसपी रवीन्द्र रेग्मीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘… मुद्दाको निष्पक्ष अनुसन्धानलाई प्रभाव पार्ने गरी कुत्सित मनसायले झुटो, आधारहीन सूचना सम्प्रेषण गरिएको समाचारमा कुनै सत्यता नभएको हुँदा भ्रममा नपर्न हुन अनुरोध गरिएको छ।’
हेर्नुहाेस् विज्ञप्ति :
खाणबारे ‘रिपब्लिका दैनिक डट कम’ नामक अनलाइनमा प्रकाशित एक समाचारमा ‘खाणले प्रहरीको हातबाट कागज खोसेर चपाएर निलेको भनेर नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले समाचार लेखाएको’ दाबी गरिएको छ।
‘बालकृष्ण खाणले कागज चपाएर निलेको कथाको के हो वास्तविकता?’ शीर्षकको उक्त समाचारमा प्रहरीले खाणलाई पक्राउ गर्न उनको निवास चाबहिलको मैजुबहाल जाँदा खाणको हातमा कागज रहेको भनिएको छ।
आफैं प्रत्यक्षदर्शी झैं गरी लेखिएको समाचारमा खाणले त्यो कागजलाई प्रहरीकै अगाडि चार टुक्रा पारेर च्यातेर भुइँमा फालेको तर प्रहरीले त्यो चार टुक्रा भएको कागजलाई मुचुल्का उठाएर ल्याएको उल्लेख छ।
कार्यालयका प्रहरी प्रमुख एसएसपी मनोज केसीले खाणले गोप्य कागजलाई चपाएर निलेको भनेर समाचार लेखाएको दाबी उक्त समाचारमा गरिएको छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया