
पूर्वगृहमन्त्री खाणसहित १२ जनालाई थप ४ दिन थुनामा राख्न अदालतकाे अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
यसअघि थप म्याद सकिएपछि आइतबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएका उनीहरूलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो।
यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका छन्। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका सहयोगी नरेन्द्र केसी, यही प्रकरणमा पक्राउ पुर्जी जारीपछि फरार रहेका एमाले नेता टाेपबहादुर रायमाझीका छोरा सन्दीप, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।
यस्तै ललितपुर महानगरपालिका-२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरीशनिश्चरे नगरपालिका-१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका-७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का पूर्ववडाध्यक्ष सागर राई, काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पनि पक्राउ परेका छन्।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया