पाठेघर क्यान्सरबाट बचेर सगरमाथा चढ्ने पहिलो महिला बनिन् जेसिका
३१ वैशाख २०८० १३:११
अमेरिकाकी एक महिला पाठेघर क्यान्सरबाट बचेर सगरमाथा चढ्ने पहिलो व्यक्ति बनेकी छन् । अमेरिकी आरोही जेसिका रे वेडेलले यस सिजन सगरमाथा आरोहण गरेकी हुन् ।
उनलाई पाठेघर क्यान्सर भए पनि बच्न सफल भएकी थिइन् । इम्याजिन नेपाल ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा ग्याल्जे शेर्पाका अनुसार उनले पाठेघरको क्यान्सरबारे जनचेतना जगाउन सगरमाथाको आरोहण गरेकी हुन् ।
ओक्लाहोमाकी जेसिका आज सगरमाथाको चुचुरोमा पुगेकी हुन् । जेसिकाले २०२१ मा पनि सगरमाथा आरोहण गर्ने प्रयास गरिसकेकी थिइन् तर शेर्पा आरोहीहरूका बीचमा फैलिएको कोभिड प्रकोपले उनले आरोहण गर्न पाएकी थिइनन् ।
प्रतिक्रिया