शंकास्पद बिलबिजकसहित ६ करोड बढीको जुत्ता र तीनवटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

सशस्त्र प्रहरीले बिलबिजक शंकास्पद रहेको ६ करोड रुपैयाँ बढीको जुत्ता बोकेको तीनवटा ट्रक नियन्त्रणमा लिएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपलिका-१५ स्थित पूर्व-पश्चिम लोकमार्गबाट शुक्रबार एडिडास सुपरस्टार जुुत्तासहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ रुपैयाँ ६३ पैसा (६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा) मूल्य लेखिएको प्रज्ञापनपत्रसहित जुत्ता र ट्रक नियन्त्रणमा लिइएको हो।

ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको बिलबिजक शंकास्पद रहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको नम्बर १४ गणको टोलीले जुत्तासहित ट्रक नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुरमा बुझाएको सशस्त्र प्रहरीका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर