
एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न सकिँदैन : रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन्।
शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाहरू मिलेर सुरु गरेको भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् आन्दोलनमा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।
उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरू अनुसन्धान भए सरकारको सफलता मान्ने बताए। उनले भुटानी शरणार्थी काण्डलाई सरकारले सुरुवात बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने बताए।
उनले सरकारले अन्य लाइनमा रहेका काण्डहरू अनुसन्धान अघि बढाउन रोकिन नहुने बताए। उनले कुनै पनि पार्टी र पार्टीका शीर्ष नेताहरूले कसैले पनि विषयान्तर गर्न नहुने बताए। उनले आफ्नो दलका लागि दोषीलाई बचाउने, छेक्ने, ढाँट्ने नगर्न आग्रह गरे।
सभापति लामिछानेले सरकारले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरूलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनु राम्रो भएको बताए। उनले विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरू हतकडी लाएर जेल गएकोदेखि रहेको भन्दै पूर्वप्रधानमन्त्रीहरूलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरुको नजिर नेपालले लिन सक्नुपर्ने बताए।
उनले काण्डमा दोषी देखिएकाहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया