कैलाश मानसरोवर यात्रामा सहजीकरण गरिदिन चिनियाँ राजदूतलाई व्यवसायीको पत्र

नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन र शीर्ष टुर अपरेटरहरूले कैलाश मानसरोवर भ्रमणको नियमलाई सहज बनाउन चिनियाँ दूतावासलाई पत्र लेखेका छन् । उनीहरूले भिसाका लागि बायोमेट्रिक, नेपालीहरूको भिसा शुल्क, भारतीय तीर्थयात्रीहरूका लागि तोकिएको ६० हजार अमेरिकी डलर धरौटीको प्रावधान र उनीहरूको भिसा तथा कैलाश यात्राको शुल्कका विषयमा पूर्नविचार गर्न आग्रह गर्दै पत्र बुझाएका हुन् ।

चिनियाँ राजदूत चेन सोङलाई वैशाख २२ मा पत्र लेख्दै उनीहरूले वर्तमानको प्रावधानका कारण कैलाश मानसरोवर यात्रा र ल्हासा टुर सञ्चालन गर्ने नेपाली पर्यटन व्यवसायीहरूले विभिन्न समस्या भोगिरहेको उल्लेख गरेका छन्।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोला, एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष रमेश थापा एसोसिएसन अफ कैलाश टुर अपरेटर्स नेपाल (एक्टोन) का कार्यवाहक अध्यक्ष लिला बल्दव दाहालले संयुक्त पत्र लेख्दै यात्रा सञ्चालनमा भइरहेको समस्या समाधानका लागि चीनलाई आग्रह गरेका हुन्।

चीनका लागि नेपाली दूतावास, बेइजिङ र नेपाली महावाणिज्य दूतावास, ल्हासालाई बोधार्थ राखेर पत्र लेखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *