संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्न मन्त्रालयहरूको समन्वय आवश्यक : सचिव पाण्डे

दिगो विकास तथा सुशासन समितिका सचिव डा. रोजनाथ पाण्डेले संघीय शिक्षा ऐन संसदमा छिटोभन्दा छिटो प्रस्तुत गर्न मन्त्रालयबीचको समन्वयकारी भूमिका आवश्यक रहेको बताएका छन्।

शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सचिव पाण्डेले यस्तो बताएका हुन्।

उनले चाँडो नै संघीय शिक्षा ऐन लागू गर्ने हो भने सबै मन्त्रालयहरूले मिलेर काम गर्नुपर्ने बताए। उनले शिक्षा क्षेत्रको बजेट बढाउन आवश्यक रहेको पनि बताए।

सचिव पाण्डेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा क्षेत्रमा पनि आवश्यक लगानीको स्थान पहिचान गरी अघि बढाउन आवश्यक रहेको बताए।

उनले शिक्षा क्षेत्रमा छुट्याएको बजेटमध्ये ८० प्रतिशत बजेट तलब भत्तामै सीमित हुने भएकाले शैक्षिक सुधारका कार्यक्रम र योजनासहित मन्त्रालय अघि बढ्न जरुरी रहेको बताए।

समिति सचिव पाण्डेले उच्च शिक्षा विधेयक जसरी नै संघीय शिक्षा ऐन पनि संसदमा प्रस्तुत हुन नसकेकोप्रति गुनासो गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *