बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ परेका छन्। राईलाई आज बिहान ११ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनुकुमार कार्कीले जानकारी दिए।

‘सोधपुछका लागि नियन्त्रणमा लिएका हौं,’ प्रहरी निरीक्षक कार्कीले भने।

राई खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२, सोल्मास्थित शुभद्रा मदन फाउण्डेशनका संस्थापकसमेत हुन्।

उनले फाउण्डेशनमा रहेर अध्ययन गर्ने बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप छ। व्यावहारिक र जीवनाेपयाेगी शिक्षा दिने संस्थाकाे रूपमा परिचित फाउण्डेशनका संस्थापक राईमाथि विगतदेखि नै याैन दुर्व्यवहारकाे आरोप लाग्दै आएकाे थियाे।

राईले यौनका विषयमा अश्लील शब्द प्रयोग गर्दै बोल्ने र सामाजिक सञ्जालमा समेत लेख्ने गर्दै आएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर