गण्डकीमा माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री बन्दै

नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । संसदीय दलको बिहीबार बसेको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन् । उनी अघिल्लो सरकारका बेला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए ।

सरकारले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ । यसअघि माओवादी केन्द्रको तर्फबाट शुशीला सिम्खडा बिनाविभागिय मन्त्री भइसकेकी छन् ।

वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डेले वैशाख १५ गते कांग्रेसकी सरस्वती अर्यात तिवारी र माओवादीकी शुशिला सिंखडालाई मन्त्री नियुक्त गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *