राष्ट्रपतिले नागरिकता विधेयकमा छलफल गर्न मिल्दैन : रघुजी पन्त

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयकमा राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

सांसद पन्तले संघीय संसदमा छलफल गरेर पारित गर्नुपर्ने विषयमा राष्ट्रपतिले छलफल गर्नु संविधानको स्पिरिटअनुसार पनि नमिल्ने भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संविधानको संरक्षकको रूपमा रहेको राष्ट्रपतिले आफ्नो कार्यालयमा थन्किएर बसेको सो विधेयकमा छलफल गर्न नमिल्ने बताए। उनले सो विधेयक तत्काल संसदमा पेस गर्न सरकारसँग माग पनि गरे।

आफूहरू सो विधेयकलाई दिनरात छलफल गरेर छिटो पारित गर्न तयार रहेको सांसद पन्तको भनाइ थियो। सांसद पन्तले संघीय संसदको अधिकार खोस्ने खालका गतिविधि राष्ट्रपतिले गर्न नमिल्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर