
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रक्रियामा सरकारलाई सबैले सहयोग गर्नुपर्छ : सांसद दाहाल


सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको अनुसन्धान प्रक्रियामा सरकारलाई सहयोग गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो प्रकरणमा मुछिएकाहरूलाई राजनीतिक संरक्षण दिने, कुनै पनि दबाब र प्रभावमा पार्ने कार्य नगरी स्वतन्त्र ढंगले छानबिनका लागि सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताएका हुन्।
सांसद दाहालले पञ्चायतकालदेखि यताका सबै निजी सम्पत्तिको अभिलेखीकरण गरी स्रोत नखुलेका सम्पत्तिको राष्ट्रियकरण गर्ने गरी कानूनी व्यवस्था गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।
सांसद दाहालले मुलुकमा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने वर्तमान सरकार र त्यसका आबद्ध गठबन्धन दलहरूको संयुक्त संकल्प भएको पनि बताए।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया