
अडियोको सत्यतथ्य छानबिन माग गर्दै आरजु राणाले दिइन् साइबर ब्यूरोमा उजुरी


प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएकी छन्।
नक्कली भुटानी शरणार्थी सम्बन्धमा आफ्नो नाम जोडेर गरेको अडियो कुराकानी झुटो भएको दाबीसहित सत्यतथ्य छानबिनको माग गर्दै उनले बुधबार सीआईबीमा उजुरी दिएकी हुन्।
केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियो झुटो भएको दाबी उनको छ।
‘विभिन्न सञ्चारमाध्यमहरूमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानूनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेस गरेको छु,’ उजुरीमा भनिएको छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया