
दिनेश भट्टराई बने नयाँ गृहसचिव, विनाेदप्रकाश सिंहकाे प्रधानमन्त्री कार्यालयमा सरुवा


सरकारले गृह मन्त्रालयका सचिव परिवर्तन गरेको छ। दुई सचिवको सरुवा गर्दै सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश भट्टराईलाई गृहसचिवको जिम्मेवारी दिएको हो।
गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण उत्कर्षमा पुगेका बेला मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो।
यस प्रकरणमा बुधबार बिहान पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन्।
यसअघि प्रहरीले मंगलबार यस प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको थियो। यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ।
प्रतिक्रिया