नक्कली भुटानी शरणार्थी मुद्दामा प्रहरीलाई दबाब दिनु देशप्रतिको गद्दारी हो : भीम रावल

नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित चलचित्र काँडेतारबारे बोल्दै उनले पछिल्लो समय भुटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए।

उनले तत्कालीन गृहमन्त्री, उपप्रधानमन्त्रीहरु नै यस्ता धन्दामा लाग्ने हो भने देश विकास कसरी हुन्छ? भन्दै प्रश्न गरे। उनले नक्कली भुटानी शरणार्थी प्रकरण ठगी मात्रै नभइ मानव बेचबिखन र राष्ट्रविरोधी कुकृत्य भएको बताए। उनले नक्कली भुटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउन प्रहरीलाई दबाब दिने काम भइरहेको भन्दै अपराधलाई लुकाउनु देशका लागि ठूलो गद्दारी भएको बताए।

उनले भने, ‘अर्को गृहमन्त्री नक्कली भुटानी शरणार्थी बनाउने, अर्का उपप्रधानमन्त्री त्यही धन्दामा लाग्ने, हाम्रा राज्यका मानिसहरुले यी कुरालाई गम्भीर रुपमा हेर्नुपर्छ। अहिले जुन भुटानी शरणार्थी सम्बन्धी मुद्दा छ, यो केवल ठगी मात्रै होइन, यो मानव बेचबिखन पनि हो, यो राष्ट्रविरोधी कुकृत्य पनि हो। यो ठगी हो, अनैतिक काकम हो। त्यसैले संविधानको धारा ५ मा यो कठिन रुपमा राखेका हौँ, कतिपयले मानेका थिएनन्। त्यसमा नेपालको राष्ट्रिय हितको परिभाषा गरेको छ। राष्ट्रिय हितविपरीतको आचरण र काम संघीय कानूनको निमित्त दण्डनीय हुनेछ भनेको छ। हेर्नुस् त संघीय कानून नै ल्याउँदैनन्। किन नल्याएको? यस्तै आचरणलाई छुट दिनका लागि। नक्कली भुटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउने, प्रहरीलाई दबाब दिने, यस्ता गतिविधि भइरहेका छन् भन्ने बाहिर आएको छ। प्रधानमन्त्रीलाई भन्न चाहन्छु, तपाईहरुलाई देशको माया छ भने अपराधलाई बचाउने, मुद्दालाई कमजोर बनाउने काम गर्नुभयो भने यो देशका लागि ठूलो गद्दारी हुनेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर