नक्कली भुटानी शरणार्थीसम्बन्धी भ्रष्टाचार आफैँ बाहिर आउँछ : पशुपतिशमशेर जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले नक्कली भुटानी शरणार्थीसम्बन्धी भ्रष्टाचार आफैँ बाहिर आउने बताएका छन्। मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग बोल्दै सांसद राणाले भ्रष्टाचारजस्तो अपराध कसैले लुकाएर नलुक्ने भन्दै आफैँ बाहिर आउने बताएका हुन्।

उनले मुलुकमा भ्रष्टाचार हुँदै नहुनुपर्ने कुरा भए पनि अत्यधिक भ्रष्टाचार भइरहेको बताए। उनले मुलुकमा हरेक क्षेत्रमा भ्रष्टाचार देखिएकाले सहीसाध्य नभएको बताए। उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन पैसा ठग्ने काम बेइज्जती भएको बताए।

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारको सन्दर्भमा धुलो टकटक्याउन नपाउने बताए। उनले सरकारले भ्रष्टाचारविरुद्धका फाइल होइन फायर नै खोल्नुपर्ने बताए।

उनले २००७ सालमा राणा शासनको अन्त्यपछिका भ्रष्टाचारका प्रत्येक फाइलहरू खोल्नुपर्ने बताए। उनले मुलुकलाई समृद्ध बनाउनका लागि सरकार भ्रष्टाचारका विषयमा निर्मम हुन जरुरी रहेको पनि बताए।

त्यस्तै नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नक्कली भुटानी शरणार्थीसम्बन्धी भ्रष्टाचार मुद्दाको छानबिन निष्पक्ष हुनुपर्ने बताए। उनले दोषीले कानूनअनुसार कारबाही भोग्नुपर्ने भन्दै सरकारले मन परेकालाई संरक्षण, मन नपरेकालाई पक्राउ पुर्जी जारी गर्न नमिल्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर