यूएईमा आयोजना हुने कोप-२८ सम्मेलनमा प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा
२६ वैशाख २०८० १९:४७
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्लाह जरवान अल शम्सीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा राजदूत शम्सीले यूएईमा आगामी ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म यूएईमा आयोजना हुने २८ औं संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (कोप-२८) मा सहभागिताका लागि प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा दिएका छन्।
प्रतिक्रिया