
एमालेले भन्यो- टोपबहादुर रायमाझीले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रक्रियामा सघाउनुपर्छ

नेकपा (एमाले) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।
सचिव रायमाझीको नाम पनि सो प्रकरणमा आएकाले उनले विधिपूर्वक, कानूनसम्मत अनुसन्धानको काममा सघाउनुपर्ने निर्णय गरिएको पार्टीका उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । पक्राउ पूर्जी जारी गरिएका एमाले सचिव रायमाझी फरार छन् । तर अनुसन्धानको प्रक्रियालाई उनले सघाउनुपर्ने पार्टीले निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।
यसैगरी बैठकले यही बैशाख २८ गतेदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने १० वटा एजेण्डाहरू पनि तय गरेको छ । जसअनुसार भदौ १० र ११ गते सम्पन्न केन्द्रिय कमिटी बैठकयताको राजनीतिक घटनाक्रमहरूसहितको राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नेछन् ।
त्यसैगरी मिसन ग्रासरुट अभियानको समीक्षा गरी पार्टी केन्द्रले र प्रदेश कमिटीहरूले वार्षिक कार्ययोजना बनाउने छ । हालसम्म केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयहरू पनि बैठकले अनुमोदन गर्ने एजेण्डा तय गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताए ।
बैठकमा नवप्रवेशीहरूको व्यवस्थापन गर्ने विषयमा पनि छलफल हुने एजेण्डा तय गरिएको छ । समसाययिक राजनीतिक परिस्थितिको समिक्षा गर्ने र अध्यक्ष ओलीको मन्तव्यसहित बैठक समापन गर्ने एजेण्डा एमालेले तय गरेको छ ।
एमालेले अन्य पार्टीबाट प्रवेश गरेकाहरूलाई व्यवस्थापन गर्ने काम नभएकाले उनीहरूको कार्य विभाजनको काम पनि सो बैठकले गर्ने जनाएको छ । बैठकमा विभिन्न आयोगका अध्यक्षहरूको पनि समीक्षात्मक प्रतिवेदन पेस हुने र त्यसउपर पनि छलफल हुनेछ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया