अब विदेशबाट फर्किँदा २ वटा मोबाइल ल्याउन पाइने
वैदेशिक रोजगारीमा रहेकाहरूले नेपाल फर्किँदा २ वटा मोबाइल ल्याउन पाउने भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारमा जानेहरूले थप एक मोबाइल ल्याउन पाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यस्तै बैठकले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ। मन्त्री शर्माले बैठकले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गरेको बताइन्। उनले मोबाइल फोनमा एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय भएको बताइन्।
बैठकले ढल्केवर वाणगंगा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिइन्। इसमिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागिताका लागि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको पनि उनले बताइन्।
प्रतिक्रिया