दार्चुला हिमपहिरो : थप एक जनाको शव भेटियो

दार्चुलामा गत १९ वैशाखमा गएको हिमपहिरोमा परेकामध्ये थप एक जनाको शव भेटिएको छ। व्यास गाउँपालिकामा गएको हिमपहिरोमा हराइरहेकामध्ये सोमबार थप एक जनाको शव फेला परेको हो।

डोटीको जोरायल गाउँपालिका-२ की २८ वर्षीया ईश्वरी थापाको शव सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म छङ्रुको टोलीले फेला पारेको हो।

यसअघि अन्य ३ जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो। योसँगै ४ जनाको शव फेला परेको छ भने एक महिलाको खोजी कार्य जारी रहेको डीएसपी शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *