बेगनासमा डुबेर बिते परराष्ट्रका नासु भण्डारी

पोखरामा एक जना नायब सुब्बा मृत भेटिएका छन्। परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा कार्यरत नायब सुब्बा अनुप भण्डारी मृत भेटिएका हुन्।

३१ वर्षीय भण्डारी सोमबार बिहान साढे ८ बजेतिर बेगनास ताल किनारमा घाेप्टाे परेकाे अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए।

उदयपुर घर भएका भण्डारीको मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *