महँगी घटाई भ्रष्टाचार अन्त्य गर्न आवश्यक छ : मायाप्रसाद शर्मा

राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले महंगी घटाउने, भ्रष्टाचार शून्यमा झार्नुपर्ने र ढिलासुस्तीलाई हटाउनुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्। सोमवार बसेको राष्ट्रियसभाको बैठकमा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताएका हुन्।

उनले सरकारले जडिबुटी, जंगलको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यक्ता रहेको बताए। उनले लगानीमा निजी, सहकारी र सरकारी विषयलाई केन्द्रित गरी अघि लैजानुपर्ने आवश्यकता देखिएको बताए।

शर्माले समस्याको रुपमा रहेको महंगी भ्रष्टाचार र ढिलासुस्तीलाई अन्त्य गर्नुपर्ने आवश्यक्ता रहेको बताए। उनले ठेक्का लिएर वर्षौंसम्म काम नगर्नेहरुलाई कारबाही हुनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर