सिद्धार्थ बैंकले ल्यायो अभिभावक र बालबालिका लक्षित ‘सिद्धार्थ पे एण्ड सेभ खाता’

सिद्धार्थ बैंक लिमिटेडले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको ‘सिद्धार्थ पे एण्ड सेभ खाता’ सञ्चालनमा ल्याएको छ । शून्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत १०० रुपैयाँभन्दा बढीको विद्युतीय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागी आजैबाट स-सानो बचत गर्दै जान अभिप्रेरित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस खातामा बैंकले अभिभावक र बालबालिका दुवैको खातामा विशेष आकर्षणको रूपमा पहिलो वर्षका लागि नि:शुल्क डेबिट कार्ड र बैंकस्मार्ट एक्सपी सेवा प्रदान गर्नेछ ।

साथै ग्राहकहरूलाई यस खाता खोली यथासिघ्र लाभ लिन प्रेरित गर्ने उद्देश्यका साथ सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराइएको छ । यस क्यासब्याक योजनाअन्तर्गत अभिभावकहरूले डेबिट कार्डमार्फत पहिलो पटक पीओएस वा अनलाइनबाट न्यूनतम एक हजार रुपैयाँकाे कारोबार गर्दा कारोबार रकमको ५ प्रतिशत (अधिकतम १०० रुपैयाँ) क्यासब्याक पाउन सक्नेछन् । यसरी प्रदान गरिने क्यासब्याक रकम बालबालिकाहरूको खातामा जम्मा हुनेछ ।

यस खाताले अभिभावकहरूलाई डिजिटल प्रणालीको प्रयोग गर्न उत्प्रेरित गर्नुका साथै स-सानो बचत गरी आफ्नो बालबालिकाहरूका लागि केही रकम बचत गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सिद्धार्थ बैंककोे १९५ शाखा कार्यालयहरूबाट सहजै यो बचत खाता खोल्न सकिने छ । यस खाता बारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकको वेबसाइट जततउकस्ररधधध।कष्ममजबचतजबदबलपअयmरउचयमगअतकरकबखष्लन(रकष्ममजबचतजब(उबथ(बलम(कबखभ(बअअयगलत मा प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर