हीरा, निलम र पन्नासहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ

पर्सा प्रहरीले सुन, हीरा तथा विभिन्न किसिमका पत्थरहरूसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको हौंडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुरटोलका ४५ वर्षीय बुद्धदेव मैती छन्।

भारतबाट वीरगञ्जतर्फ शंकास्पद रूपमा आउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनलाई वीरगञ्ज-१६, शंकराचार्य गेटस्थित सडकखण्डबाट पक्राउ गरेको हो।

शरीर खानतलासी गर्दा उनले लगाएको ज्याकेटको गोजीबाट सुनको सिक्री २७ थान (२२४.८ ग्राम), हीराको कालो-सेतो पत्थर २१.९ ग्राम, पोल्की हीराको पत्थर ५.२० ग्राम, हरियो पन्नाजस्तो देखिने पत्थर ६.७८ ग्राम बरामद भएको छ।

यस्तै रातो रुबी जस्तो देखिने पत्थर ८.४९ ग्राम, नीलो रंगको निलम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम, रुबीजस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (आर्टिफिसियल) स्टोन ११.६०० ग्राम फेला बरामद गरिएको डीएसपी निर्मल बुढाथोकीले जानकारी दिए।

बरामद सुन, हीरा तथा पत्थरहरूको मूल्य अन्दाजी २९ लाख ४४ हजार ६३३ रुपैयाँ पर्ने अनुमान गरिएको छ।

पक्राउ परेका व्यक्तिालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आइतबार राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *