प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आह्वान
२४ वैशाख २०८० १२:००
प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको छ। सोमबार साँझ ६ बजे बस्ने गरी परिषद्को बैठक बोलाइएको उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।
सोमबार बस्ने बैठकले प्रधानन्याधीश नियुक्त गर्ने सम्भावना छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की रोलक्रममा छन्। संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।
प्रतिक्रिया